प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई गरे आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँ सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

२३,पुष.२०८१,मंगलवार ०८:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्