काडमाडौं । जनताको रकमलाई आफुखुशी ऋण प्रवाह गरेर कमिशन खादै आएको सिन्धु विकास बैंकभित्र व्यवस्थापक व्यवस्थापकबीच चर्को विवाद चलेको बताइएको छ । स्थापनाकालदेखि नै विवादमा मुछिदै आएको सो बैंकभित्र चुलिएको आर्थिक अनियमितातकै कारण संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई राष्ट्र बैंकले कारबाही गरि हटाएपछि अहिले बैंकभित्रको विवाद बाहिर छताछुल्ल हुन पुगेको छ । एकातर्फ बैंकको अध्यक्षमा दामोदरप्रसाद सुवेदी चयन भएका थिए ।
कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई अध्यक्षमा चयन गरेको जनाएको छ । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन गरिएको भन्दै तत्कालिन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ निकट कर्मचारीले सार्वजनिक गरेको थियो । बैंक सञ्चालक समितिको गत असार १३ गते बसेको ४३२ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेपनि त्यो लामो समय टिक्न सकेन ।
राजेन्द्रकुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय उनै श्रेष्ठले गरेका थिए । तर, ९ दिनमै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्को व्यक्तिलाई अध्यक्ष बनाएको संगै बैंकभित्रको कालाकर्तुत बाहिर आउने क्रम जारी रहेको छ । बैंकको असार २२ गते बसेको ४३३ औँ बैकठले दामोदरप्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।
यसरी एकातर्फ आप्mनै साली नाता पर्ने डंगोललाई अध्यक्ष बनाएर हालिमुहाली कायम राख्ने योजनालाई समेत सञ्चालक समितिको ४३३ औं बैठक बाधक भएपछि तत्कालिन अध्यक्ष श्रेष्ठ भने अझै बैंकमा च्याखे दाउ थापेर विभिन्न हर्कतहरु गर्दै आएका छन् । नेपाली जनताले सो बैंकको अनियमितातकाबारेमा समाचार प्रकाशन गर्दै आएको छ ।
यसैक्रममाबैंकको समाचार प्रकाशन भएको केही मिनेटभित्र नै निवर्तमान अध्यक्ष श्रेष्ठले फोन गरी बैंक र आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै आक्रोश समेत पोखेका छन् । करिव १ मिनेट एकहोरो फोनमा बोलेका श्रेष्ठले कुरै नबुझी एकहोरो गल्ती समाचार किन लेखेको भन्दै असहमति जानाएसंगै उनले फोन लाईन काटिदिए
प्रतिक्रिया दिनुहोस्