काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु

2.46K
shares
khanepani bord

काठमाडौ । काठमाडौ डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो।

बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए।

उनलाई बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए।

सोही ठाउँमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६:३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्। प्रहरीका अनुसार उनी पहिला पनि ड्युटीमा रहेका बेला पटक पटक बेहोस भएर ढलेका थिए।

IME
khanepani