काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ

2.6K
shares
khanepani bord

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

२०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन । गत भदौ ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको थियो ।

पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै ती सांसदले संसदमा दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

IME
khanepani