काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री सिंहलाई सत्तारुढ कांग्रेसकै सांसदले भने, ‘काम गर्न सक्नुहुन्न भने ठाउँ छाड्नुस्’

2.8K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह गरेका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद समिमले गठबन्धनका नेताहरुमाथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले काम गर्न नदिएको आरोप लगाएको सन्दर्भमा आपत्ति जनाए । उनले प्रश्न गरे गठबन्धनकै साथीहरुको बुँई चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरुलाई लुटेरा र डाका भन्ने ?

मुख्यमन्त्रीलाई उनले भने, ‘आफैं काम नगर्ने तर अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने ? यो कदापी सहन सक्दिनँ । स्टन्टबाजी गर्ने ? काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ ।’

सांसद समिमले बजेट भाषण भएको र रेडबुक आएको धेरै समय बितिसक्दा पनि विकास निर्माणको काम किन भइरहेको छैन भन्ने प्रश्न गरे । उनले मुख्यमन्त्रीलाई नै काम गर्न सक्नुहुन्न भने जिम्मेवारी लिनुपर्ने बताए ।

IME
khanepani