काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

घरभित्रै मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा आमा पक्राउ

3.65K
shares
khanepani bord

काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

‘अहिले घटनास्थलमै छौं । दुईवटा नानीहरू मृत अवस्थामा छन् । हामीले आमालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले भने, ‘शंका आमालाई नै बढी गरेका छौं । आमा नै घरमा भएकाले अनुसन्धान आमाबाटै सुरु गर्दैछौं ।’

मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेका थिए ।

इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।

IME
khanepani