न्याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा
वि.सं.२०८१ पुस २४ बुधवार २१:१०
shares

काठमाडौं । न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको छ ।
आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् । आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।





















