काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

निर्वाचन थ्रेसहोल्डको विपक्षमा सीके राउत, भन्छन्, ‘दुई दलीय तानाशाही चाहिँदैन’

2.63K
shares
khanepani bord

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हाल रहेको थ्रेसहोल्ड अझ बढाउन लागिएको भनेर उनले विरोध गरेका छन् ।

नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने अध्यक्ष राउतको मत छ ।

सबै वर्ग, समुदाय र क्षेत्रले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउनुपर्ने र यसअनुसार ऐन/कानून बन्नुपर्ने उनलाई लाग्छ । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सबैले आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस् ।’

तर यस विपरीत सरकार अगाडि बढ्न खोजेको भनेर उनले विरोध गरेका छन् । ‘६/७ लाख गर्दै दशौं लाख (३०–४० लाख) जनताको मतलाई खारेज गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रेसहोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी संघर्षका लागि तैयार छौं । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन ।’

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेदवार निर्वाचन हुने व्यवस्था छ ।

अर्थात, तीन प्रतिशत मत नल्याउने दलले पाएको मतको प्रतिनिधित्व सदनमा हुँदैन ।

IME
khanepani