भीम रावलले भने, ‘संविधान संशोधनको नाममा जनता झुक्याउने प्रयास भइरहेको छ’

काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने काम भएको बताएका छन् ।

उनले जनताको आँखामा पट्टी लगाएर आफूमात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्वपूर्ण पदमा बस्नेहरुले देशलाई आफ्नो हित अनुकूल प्रयोग गरेको आरोप समेत लगाए ।

उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतिहरु मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापीत गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने धारणा राखे ।

२५,पुष.२०८१,बिहीबार १५:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्