पत्रकार कट्टेललाई मातृ शोक, आज १३ औं पुन्यतिधि

काठमाडौं । नेपाली जनता अनलाइन पत्रिकाको कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघको साधारण सदस्य र नेपाल पत्रकार महासघ काठमाडौं शाखाको पूर्व कार्यसमिति सदस्य कमला कट्टेल(सन्ध्या) को माता खड्गकुमारि कट्टेलको आज १३ रौ पुन्यतिथि हो । उहाँको ७१ बर्षको उमेरमा अकश्मात निधन भएको थियो ।

कट्टेलका एक छोरा राजेन्द्र कट्टेल र ५ जना छोरीहरु दुर्गा, चन्द्रकला, मिना, सृजना र कमला छन । यस दुखद् घडीमा नेपाली जनता परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

कट्टेल यस स्वर्णिमा मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा नेपाली जनता अनलाईन पत्रिकाका सम्पादक यज्ञ ढकालको सासु आमा हुनुुहुन्छ ।
कट्टेलको अन्तेष्टि झापाको निन्दा खोलामा हिन्दु विधिपूर्वक गरिएको थियो । अन्तेष्टिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङदेन, मेची नगरपालिकाका मेयर गोपाल बुढाथोकि सहित कट्टेल बन्दुहरु तथा परिवारका सदस्यहरु पाँच भाई ज्वाईहरुको समेत उपस्थिति रहेको थियो । अन्तेष्टिमा उपस्थित सबैमा छोरा र छोरीहरुले आभार प्रकट गरेका छन ।

२६,पुष.२०८१,शुक्रबार १०:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्