काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

पर्यटन क्षेत्रका समस्याको दिगो समाधान खोज्नेछौं : उपप्रधानमन्त्री पौडेल

3.39K
shares
khanepani bord

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू दिर्घकालीन रूपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथौ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण पिलरको रूपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्यालाई बुझ्ने र समाधान गर्ने प्रयास सुरू भइसकेको उनले बताए । मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको समेत विकास हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरै भन्दा धेरै पर्यटक भित्रने जिकिर गरे ।

उनले अहिलेको सरकारले सुरू गरेका पर्यटन क्षेत्रको सुधारका कामलाई अर्को सरकारले निरन्तरता दिने अवस्था सिर्जना गर्ने समेत बताए ।

IME
khanepani