सिंहदरबारमा विपक्षी दलहरुबीचको वार्तापछि प्रचण्डको दाबी, अब ओली सरकार चल्दैन

काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने दाबी गरेका छन्।

सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेको दोहोर्याए।

भनेपछि यो सरकार फेल हुने बेला भइसकेको हो ?भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘चल्दैन भनिसके त मैले।’

आजको भेटमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए।

२६,पुष.२०८१,शुक्रबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्