काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

प्रचण्ड-माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनले भने,”यो नेतृत्व र व्यवस्थाले देश बन्दैन”

3.64K
shares
khanepani bord

काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अहिलेको नेतृत्व र व्यवस्थाले देश नबन्ने बताएका छन्।

सिंहदरबारमा भएको भेटपछि बाहिरिने क्रममा सञ्चाकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधन गरेर अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

उनले भने, ‘यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधान संशोधनको बिषय उठाइरहेका छौं। दुई ठूला दलले संविधान संशोधनको बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’

उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए।

IME
khanepani