नेपाल लाइफ इन्स्योरेन्सन्को लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौ । काठमाडौ नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश मात्र दिएको थियो।

२८,पुष.२०८१,आईतवार ११:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्