काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

महिला आयोगका अध्यक्षको प्रश्न- महिला आयोग बाहेक अरू आयोगमा अध्यक्ष महिला नहुने हो र ?

2.94K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला आयोग बाहेक अन्य कुनै पनि आयोगमा अध्यक्ष महिला नियुक्त नगरेको विषयमा प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधकेयकमाथि संवैधानिक आयोगका पदाधिकारीसँगको छलफलका क्रममा आइतबार आयोगकी अध्यक्षले यस्तो प्रश्न उठाएकी हुन् ।

संसदीय समितिमा प्रश्न गर्दै उनले भनिन्, ‘१३ वटा संवैधानिक आयोगमा महिला बाहेक अरू कुनै पनि आयोगमा महिला अध्यक्ष छैन । मधेशी आयोगमा २ महिला, सदस्य छन्, त्यो बाहेक सबै आयोगमा एक महिला मात्रै सदस्य छन् । मुस्लिम आयोगमा एक कार्यकाल सकिन लाग्दा पनि एक महिला सदस्य रहेको छैन, वित्त आयोगमा पनि महिला छैन ।’

अध्यक्ष पराजुलीले महिला आयोग लगायत विभिन्न संवैधानिक आयोगका लागि कर्मचारीको संवैधानिक सेवा बनाउनुपर्नेमा पनि जोड दिइन् । उनले भनिन्, ‘संवैधानिक आयोगका लागि छुट्टै कर्मचारीको समूह निर्माण गर्नुपर्छ । आयोगको आफ्‌नै विशेषज्ञता छ । भूमि मन्त्रालयमा काम गरिरहेको उपसचिव वा सहसचिव सरुवा भएर जाँदा त्यहाँको जानकारी लिन नै ६ महिना लाग्छ । बुझ्न नपाउँदै फेरी सरुवा पनि भइहाल्छ ।’

IME
khanepani