काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

दल आफैं व्यवस्थित नहुँदा प्रश्न उठ्नु स्वभाविक : सभामुख घिमिरे

4.08K
shares
khanepani bord

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् ।

दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउँदै उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गरे ।

‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ,’ सभामुख घिमिरेले भने, ‘त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भुमिकामार्फत नै यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।’

राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका मतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए ।

‘दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्‍याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ,’ सभामुख घिमिरेले भने, ‘तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’

IME
khanepani