काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह विविध कार्यक्रमका साथ कीर्तिपुर नगरपालिकामा आयोजना गरिने

2.91K
shares
khanepani bord

काठमाडौं । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह विविध कार्यक्रमका साथ कीर्तिपुर नगरपालिकामा आयोजना गरिने भएको छ ।

१९९० माघ २ को महाभूकम्पको स्मृतिमा जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा अनुभव आदान प्रदान गर्दै हरेक वर्ष माघ २ मा यो दिवस मनाइन्छ । यो पटक दिवसको मूल समारोह कार्यक्रम बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालय परिसरमा आयोजना गरिने शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे कार्यक्रम हुने विभागका महानिर्देशक ई. मचाकाजी महर्जनले जानकारी दिए । साथै, प्रधानमन्त्रीबाट भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन तथा अवलोकन हुनेछ । उनका अनुसार बिहान ७ बजेबाट प्रभात फेरी सुरू हुनेछ ।

यस वर्ष दिवसको नारा ´भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ´ भन्ने रहेको छ ।

मुल समारोहको कार्यक्रमबाहेक विभिन्न निकायको सक्रियतामा प्रदेश, स्थानीय तहलगायतले विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउँदै छन् ।

IME
khanepani