काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

अदालतमा आफै हाजिर भएका रविलाई न्यायधिशले पुनः पठाएर प्रहरी हिरासततिर (भिडिओ सहित)

6.16K
shares
khanepani bord

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
उनी अदालतको मूलद्वारबाट सलाम गर्दै निस्किएका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

बयान सकिएपनि आज थुनछेक बहस भने सुरू भएन । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेशबमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।

अदालतले प्रहरीलाई लेखेको पत्रमा समय अभावले थुनछेकलगायतको काम नभ्याइएकाले सोमबार बिहान १० बजे बिहान उपस्थित गराउने गरी फिर्ता पठाइएको उल्लेख छ ।

IME
khanepani