काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

पिआइडीका लेखा प्रमुख चालिसेको सरुवा गरि दिन महालेखा नियन्त्रकलाई खानेपानी मन्त्रालयको आग्रह

7.57K
shares
khanepani bord

काठमाडौं । राष्ट्रकै बहुचर्चित र गौरबको आयोजना मेलम्ची खानेपानी आयोजनाका लेखा प्रमुख गणेशप्रसाद चालिसेले आयोजनाको लेखाको जिम्मेवारी लिएपछि उनी विवादमा तानिएका छन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको संचालन समितिको मातहत रहेको उक्त आयोजनाको आर्थिक स्रोत एशियाली विकास बैक हो । एशियाली विकास बैकबाट यो आयोजना मार्फत उपत्यका भित्र पाइपलाईन, घर घरमा मिटर जडान, रिर्जभवयर पानी ट्याकिको निर्माण, फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न जिम्मेवारी पाएको यो आयोजनाको आर्थिक व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गर्ने गर्दछ ।

एशियाली बिकास बैक मार्फत बोर्डले व्यवस्थापन गरेको बजेटमा आयोजना निर्देशनालयले निर्माणको काममा खर्च गर्ने गर्दछ । यस्तो खर्च गर्ने लेखाको मुख्य व्यक्ति विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएर विषेश अदालतबाट सफाई पाएपनि माथिल्लो अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेका गणेश प्रसाद चालिसे पाउनु आयोजना र उपत्यका बासी नेपालीहरुकै र्दुभाग्य भएको छ ।

उनलाई महालेखा नियन्त्रकको कार्यालयमा नै फिर्ता पठाउने तयारी खानेपानी मन्त्रालयले गरिरहेको सूचना प्राप्त भएको छ । खानेपानी मन्त्रालय स्रोत भन्छ, चालिसे काम गर्न भन्दा पनि गफ बढी गरिरहेको र त्यहाँ सरुवा भएर गएरको ४ महिनासम्म काम नगरिकन आयोनाको स्रोत दोहन गरिरहेको हुदाँ उनलाई फिर्ता पठाउनुको अर्को विकल्प नै नभएको कारण फिर्ता पठाउन कुराकानी भइरहेको छ ।

उनको सवारी साधन प्रायः दैनिक जसो विगारेर ल्याउने र एक पटकमा लाखौको विल मर्मतमा खर्च गर्ने गरेको पनि बुझिएको छ । उनी आफ्नो हितको लागि जस्तो सुकै काम पनि गर्ने र आयोजनाको हितमा काम नगरि थिति बसाउँछु भन्ने गरेको आयोजना स्रोतले दावी गरेको छ । उनले थिति बसाउदा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनामा रु. १२ करोड ४० चालिस ४७ सट्चालिस हजार पाँच सय अन्ठाउन्न रुपयाँको थिति बसाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६।०३।०५ गतेको आरोप पत्रले पुष्टि गरिसकेको छ ।

उनको विरुद्ध सर्बोच्च अदालतमा यहि मुद्धा चलिरहेको अवस्था छ । चालिस र लेखा अधिकृत ओम अधिकारीको मिलेमतोमा स्टोर र प्रशासनका विलहरु समेत उनी हाजिर भएदेखिको भुक्तानी हुन सकिरहेका छैनन । उनी हरेक विलमा आर्थिक लाभको चस्माले हेर्न गरेका कारण पनि आयोजनाको दैनिक प्रशासनिक काम ठप्प जस्तै भएका छन ।

आयोजनाका प्रमुख टिकाबहादुर चौधरीले तोक आदेश लगाएका प्रायः सबै बीलहरुको भुक्तानीमा लेखा उपसचिव चालिसेले कैची लगाउदै आएका छन । चौधरीले आफु वा लेखा प्रमुख मध्य एक मात्र आयोजनामा रहन सक्ने भन्दै मन्त्रालयमा सरुवा गरिदिन हारगुहार गरेको मन्त्रालय स्रोतले बताएको छ ।
उनी आयोजनामा रहने हो भने आफ्नो पनि सरुवा गरिदिन आयोजनाका खरिद प्रमुख र प्रशासन प्रमुखले पनि चौधरीलाई दवाव दिइरहेको समाचार स्रोतको दावी छ ।




IME
khanepani