काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

मोर्चा गठनबारे छलफल गर्न मधेश केन्द्रित दलहरूको बस्दै कार्यदल बैठक

4.84K
shares
khanepani bord

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्न बनाएको कार्यदलको पहिलो बैठक आज बस्दैछ । आज बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय भएको छ ।

मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको बताइएको छ ।

बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र ईस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल सहभागी हुँदैछन् ।

IME
khanepani