काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामना- मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण

4.08K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन्।

माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको बताएका हुन । कला संस्कृतिलाई पर्यटन सँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने उनको धारणा छ ।

‘हाम्रो समाज बहु जातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्’, शुभकामना सन्देशमा भनिएको छ,‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिक संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौँ ।’

लुम्बिनी प्रदेश सरकारले माघ पर्वलाई लक्षित गरेर सार्वजनिक बिदा समेत दिँदै आएको छ ।

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आ–आफ्नै तरिकाले माघे संक्रान्ति÷माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्त्व रहेको छ । थारु समुदायले माघलाई महत्त्वपूर्ण चाड एवं नयाँवर्षका रुपमा मनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

IME
khanepani