काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : अध्यक्ष दाहाल

4.24K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहालद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ ।

“नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उनले भने।

अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरे । उनले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताए ।

यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।

IME
khanepani