नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग

काठमाडौँ । नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ ।

एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरेका हुन् । अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको जनाएको छ ।

सो अवसरमा मेयर गिरीले नगरवासीलाई अत्यावश्यक औषधि उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिकले औषधि सहयोग गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग रहने अपेक्षा गरे ।

समारोहमा अस्पताल प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने भएपछि नगरले तत्काल आवश्यक मधुमेह, उच्च रक्तचाप लगायतका औषधिका लागि अस्पताललाई आग्रह गरेको थियो ।

३,माघ.२०८१,बिहीबार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्