
गोरखा । वृद्धभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका-४ काशीखोलाका ७५ वर्षीय चुडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए । ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा २ नम्बर वडाको सेतो पहरो भिरमा खसेर मृत्यु भएको उनले बताए ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको थियो ।
‘वृद्धभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो’, गिरीले भने ।
प्रतिक्रिया दिनुहोस्