
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्तबहादुर कुँवरमाथि छानबिनको माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्तरजातीय विवाह गरेका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि गृहमन्त्री र आईजीपीकै निर्देशनमा अत्याचार भएको जिकिर गरे ।
सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएपनि गृहमन्त्री, आईजीपीको निर्देशनमा मुम्बईबाट पक्राउ गरेर अत्याचार गरेको विषयमा छलफल हुनुपर्ने उनको माग थियो ।
उनले यो प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्न ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्