
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब राजसंस्था पुर्स्थापनका लागि गरिने आन्दोलनलाई निर्णायक बाटोमा लैजाने दाबी गरेका छन् । अन्य राजावादी शक्तिहरुसँग सहकार्य गर्न राप्रपा तयार रहेको उनले प्रष्ट पारे ।
आज पार्टीको कार्यसम्पादन समिति वैठकपछि पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङदेनले राप्रपाले नवराज सुबेदीको संयोजकत्वमा बस्ने समितिको विषयमा पनि टिप्पणी गरे । सुबेदीलाई ‘दरबार’ ले आन्दोलनको नेतृत्व लिन कार्यादेश दिएको चर्चापति उनले आशंका व्यक्त गरेका थिए ।
दरबारले नबराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो सडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिनँ भनिसकेको छु ।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्