नेपाली बजारमा लगातार तीन दिनको रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।

गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो।

आइतबार एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

आइतबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार दुई सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२,बैशाख.२०८२,मंगलवार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्