इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको गलत हर्कतलाई एमाले र कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूले स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेता कार्यकर्ताहरुले यी नेताहरूको कुकर्मलाई स्विकार्दैनन् । नेताहरूको लुट, भ्रष्टाचार तपाईँकै पार्टीका नेता कार्यकर्तालाई बढी थाहा छ ।’

सिंहदरबारबाट भ्रष्ट नेताहरूले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलेको संकटबाट निकास पाउने बताउँदै उनले अति गरे जनताले लतारेर निकाल्ने चेतावनी दिए ।

उनले अहिले मुलुक गम्भीर संकटबाट गुज्रिरहेको बताउँदै सरकार सञ्चालन सही व्यक्तिबाट हुनुपर्ने धारणा राखे ।

२,बैशाख.२०८२,मंगलवार १५:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्