
काठमाडौं । राजनीतिक शक्ती र आँडसंगै सरकारको जिम्मेवार कर्मचारीको साथ पाएपछि विद्यमान ऐन कानुन समेत लजाउने गरेको छ । ऋण लिएर व्यापार व्यवसाय गर्नेमाथी निर्मम भएर कारबाही गर्ने सरकारी कर्मचारी कमिशनको थैली पाएपछि भने खुला रुपमा तस्करी गरि प्रतिबन्धित सामानको आयात गर्दा समेत कुनै चेकजाँच नगरि भन्सार प्रज्ञापत्र दिने समेत गरेको पाईएको छ । तत्कालिन तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीकै दयाबाट अहिले सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाको अबैधधन्दाले आकाश नै छुन लागेको छ ।
तर सरकारी निकायले भने शेर्पाको अबैधधन्दा अहिलेसम्म देख्न सकेको छैन । देश कोरोनाबाट आक्रान्त बनेको समयमा प्रायः बन्द झै रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख हाकिम थिए दयानन्द केसी, कमिशन र अबैध कारोबार गर्ने व्यापारीहरुको निकट बसेर सरकारी ऐन कानुनलाई समेत लत्याउदै कमिशनको थैली लिदै अबैधन्दा गराउन माहिर मानिएका उपसचिब केसीकै पालामा अबैधरुपमा रासायनीक मल आयात गर्न राजनीतिक शक्ती त्यसमा पनि नेकपा एमालेको संरक्षणमा कानुन विपरित मल आयात गर्ने ठेक्का दिई अबैधधन्दा गर्न सरकारी निकायबाटै अनुमति दिईएको थियो ।
जसरी अनुमति दिईयो मलको बोराभित्र सुन र लागुऔषध नेपाल भित्राएर तातोपानी भन्सार याडमा राखेपछि सुन र लागुऔषध रातारात काठमाडौं छिराई मल अहिलेसम्म तातोपानी भन्सारको गोदाममा बेबारिसे अबस्थामा रहेका छ । त्यसबाटै पुष्टी हुन्छ सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले बाहिर अन्य सामान भित्र अबैध सामानको आयात गरि अर्बौ रुपैयाँको राजश्व छली गरि रातारात धनी बनेको समेत उनी निकट केही व्यवसायीहरुले बताउदै आएका छन् ।
कोरोना महामारी फैलिन नदिन तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ११ देखि देशमा लकडाउन घोषणा गरेको समयमा तातोपानी नाकाबाट लसुनलाई अत्यावश्यक सामानको सुचीमा देखाएर सुन ल्याउने उनै शेर्पा तत्कालिन बाह्रविसे नगरपालिकाका सिन्धुपाल्चोका मेयर निमफुञ्जो शेर्पाको भाञ्जो हुन । मामा बाह्रविसे नगरपालिकाका मेयर भएको समयमा रमेश शेर्पाको समुहले अर्बौ रुपैयाँको सुन चीनबाट आयात गरेर सिधै भारतीय बजारमा लगी बिक्री गर्दै आएको र त्यो कार्य अहिले समेत जारी रहेको बताइएको छ । रमेश शेर्पाले भन्सार कर्मचारीदेखि प्रहरी प्रशासनसम्मलाई कमिशनमा लोभ्याउदै अबैधधन्दा गर्ने गरेको समेत आरोप लागेको छ ।
उनी अधिल्ला समयमा एमालेको संरक्षणमा अबैधधन्दा गर्दै आएका थिए भने पछिल्लो समयमा नेपाली काँग्रेसका साँसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहनबहादु बस्नेत र माओबादी केन्द्रका साँसद तथा केन्द्रीय सदस्य समेत रहेका माधब सापकोटा उर्फ सुबोधलाई समेत हातमा लिएर अबैधधन्दा गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाएका छन् । दलिय संरक्षण र प्रशासनीक योजनामा राति राति सयौं ट्रकहरू प्रहरीकै सुरक्षाघेराबाट काठमाडौंमा अबैध सामान ल्याउने गरेको समेत बताइएको छ ।
ती ट्रक रमेश शेर्पाकै सिल्क ट्रान्सपोर्टको हुने र अन्य ट्रक भने तातोपानी बोर्डमै जान समेत नदिने गरेको ट्रक व्यवसायीहरुको गुनासो समेत रहेको छ । नेपाल र सशस्त्र प्रहरीको गाडी अघि पछि लगाएर कन्टेनर नेपालतर्फ ल्याउने र त्यसमा सुन नै ल्याएको समाचार त्यतिबेला सार्वजनिक समेत हु्दाँ कहि कतै चेजाँजाँच समेत नहुने गरेको थियो । कोरोना महामारीमा २०७७ बैशाख सुरुमा उनीहरूले स्वास्थ्य सामग्री मात्र ल्याएको भन्दै झुट विबरण समेत भन्सार कार्यालयले दिदै आएको थियो ।
भने त्यस समयमा तातोपानी भन्सार कार्यालयका हाकिम थिए उनै दयाँनन्द केसी । करोडौ रुपैयाँको थैली लिएर अर्बौ रुपैयाँको सुन लसुनको भन्सार प्रज्ञापन पत्र बनाएर छुटाउदै आएका थिए । दयानन्दको दयाकै कारण सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाले दैनिक ट्रकका ट्रक सामान भित्राउने कार्य गरे । तत्कालिन समयमा सो क्षेत्रको सुरक्षाको जिम्मेवारी र भन्सार नाकाको जिम्मेवारी खत्री, सिन्धुपाल्चोकका तत्कालीन सीडीओ उमेश ढकाल र एसपी प्रज्वल महर्जनको अधिनमा रहेको थियो ।
र उनीहरुकै गोप्य संरक्षणमा रमेश शेर्पाले सुन धडाधड ल्याउने काम गरेका थिए । लकडाउनका बेला सहजरुपमा सामान आयात हुनुपर्ने तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाको एकलौटीका कारण तनाव उत्पन्न भएको थियो चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पाको लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरले त्यतिबेला लसुन, फलफूल ल्याएको भनी सुन ल्याउने गरेका थिए भने अहिले तस्करीको रासायनिक मल भित्राएपनि पछिल्लो समयमा चीनियाँ कम्पनी मुसासंग भने रमेश शेर्पाको मनमुटाब भएर छुट्टीएको भन्ने खबर प्राप्त भएको छ । मुसासंगको बेमेलकै कारण अबैध भेप बरामद समेत भएको अनुमान शेर्पाले लगाएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा भएकै आँडमा अबैधधन्दा सुरु गरेको समेत आरोप लागेको छ । रमेशका बाबु सामान्य ह्यान्डीक्राफ्टको काम गर्ने गरेको समेत बताइएको छ । सामान्य परिवारमा जन्मेका रमेश पछिल्लो समयमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरे । नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको स्रोतको दाबी छ ।
ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्वीमिङ पुलसहितको अत्याधुनिक बंगला रहेको स्रोत बताउछ । महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको छ । जहाँ भनेको समयमा सामान भारत पठाउन नसकिएको समयमा सोही घरमा लुकाई राख्ने समेत गरेका छन् ।
सिल्क ग्रुपको सुनदेखि लसुनसम्मको अबैधधन्दाको संरक्षकमा दलका नेता
तातोपानी भन्सार नाकामा शेर्पाको खुला तस्करी, भन्सार प्रमुखको बदमासी, दैनिक १ हजार कार्टुन भेपको आयात
तत्तकालिन तातोपानी भन्सारका प्रमुख दयानन्द केसी अर्बपति उपसचिवका रुपमा अर्थमन्त्रालयमा चिनिने गरेका छन् । उनी रसुवा भन्सार, एयरपोर्ट भन्सारदेखि राजस्व अनुसन्धान विभागमा हुँदा पनि विवादमा परिरहने पात्र हुन् । रसुवा भन्सारमा भएको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको अकूत सम्पत्तिको उजुरी उनले दीप बस्नेत प्रमुख आयुक्त भएको समयमा तामेलीमा राख्न लगाएका थिए ।
दीप बस्नेतका पीए राजस्व समूहकै अधिकृत लक्ष्मण बास्तोलामार्फत् डिल गरी केसीले उजुरी तामेलीमा राख्न लगाएका थिए । बाँस्तोला पनि तातोपानी भन्सारमै कार्यरत रहेका छन् । बाँस्तोला रसुवा भन्सार कार्यालयमा दरबन्दी भए पनि दीप बस्नेत प्रमुख आयुक्त हुँदा उनको पीएमा बसेका थिए । दीप बस्नेतले बाँस्तोलामार्फत् राजस्व समूहका अधिकृत र उपसचिवहरुको उजुरी दररेट तोक्दै असुुली गरी तामेलीमा राखेको आरोप लागेको थियो । उनीहरुको संलग्नतामा शेर्पाले चलाउदै आएका थिए अबैधधन्दा । दयानन्द केसीलाई तातोपानी भन्सारको प्रमुख भन्सार प्रशासक बनाएपछि रमेश शेर्पासँग मिलेर सुनिल गोयलले चीनबाट निर्बाध रुपमा नेपालमा मल तस्करी गरे ।
त्यही तस्करीको मल कृषकहरुले कालोबजारीमा खरिद गरी अन्नबालीमा प्रयोग गर्दैआएका छन् । बालुवाटारकै संरक्षणमा गोयल र शेर्पाले मल तस्करी गरेका छन् । मल तस्करीबाट अकूत आर्जन गरेका गोयलले बालुवाटारदेखि सरकारी कर्मचारीका परिवारलाई समेत चिनियाँ बीवाईडी इलेक्ट्रिक गाडी उपहार नै दिएको समेत बताइएको छ । जुन गाडीको तत्कालिन मूल्य बजारमा ६५ लाख रुपैयाँमा बिक्री हुदै आएको थियो ।।
प्रतिक्रिया दिनुहोस्