सर्वोच्चको आदेश, ४ भुटानी शरणार्थीलाई नगर्नू देश निकाला

काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए । त्यसक्रममा उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको थियो ।

चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

४,बैशाख.२०८२,बिहीबार १७:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्