
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रादेशिक कमिटीहरलाई सशक्त बनाउने भएको छ । आज बसेको केन्द्रीय समिति वैठकले सात वटै प्रदेशमा इन्चार्जसमेत तोकेको छ ।
कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार चयन भएका छन् भने मधेसको जिम्मेवारी मनिष झाले पाएका छन् । बाग्मतीको इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई तोकिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना धकेलिएर फागुनमा पुगेको हो ।
आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।
२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले बताए ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिएका छन् । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्