रिहा भएपछि राजेन्द्र लिङदेनले भने- आन्दोलन जारी छ (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको उनीसहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’

त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे ।

७,बैशाख.२०८२,आईतवार २१:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्