खानेपानी सस्थान कर्मचारी संगठनले बुझायो महाप्रबन्धकलाई ४ बुदें ज्ञापनपत्र (सूचीसहित)

काठमाडौं । नेपाल खानेपानी संस्थान कर्मचारी संगठनले संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल समक्ष कर्मचारीहरुका हकहितका पक्षमा ४ बुर्दे ज्ञापन पत्र बुझाएको छ ।

संगठनका अध्यक्ष समिर पण्डितले हस्ताक्षर गरेको ४ बुदे ज्ञापन पत्रमा करारका कर्मचारीहरुलाई अबकाश हदाँ एक मुष्ठ १५ लाख जीवन निर्वाह सुविधा उपलब्ध गराउनु पर्ने र उनीहरुलाई सामाजिक शुरक्षा कोषमा आवद्ध गर्न जोडदार माग राखेको छ ।

त्यसैगरि लामो समयदेखि अवरुद्ध बढुवा प्रक्रिया पुरा गर्नु पर्ने, कर्मचारीहरुको अभाव पूर्ति गर्न चाँडो कर्मचारी भर्नाको प्रक्रिया अगाडि बढाउन पनि अध्यक्ष पण्डितले व्यवस्थापन समक्ष माग गरेका छन ।

१३,बैशाख.२०८२,शनिबार ०७:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्