
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धको अभ्यास भइरहेका बेला नेपालमा समेत इन्धन अभाव हुने आशंका भइरहेको छ । उता भारतीय आयल निगमले देशभर इन्धनको पर्याप्त भण्डारण भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।
शुक्रवार भारतीय आयल निगमले सामाजिक सञ्जालमा एक्समा पोस्ट गर्दै पर्याप्त स्टक रहेको र आपूर्ति लाइनमा कुनै समस्या नरहेको प्रष्ट पारेको हो । निगमले आत्तिएर चाहिनेभन्दा बढी इन्धन स्टक नगर्न भनेको छ ।
उसले निगमका सबै आउटलेटमा पर्याप्त इन्धन र एलपी ग्यास रहेको जनाएको छ । उसले सर्वसाधारणलाई अनावश्यक भिडभाड नगर्न र स्टक नराख्न पनि भनेको छ ।
भारतका विभिन्न शहरमा युद्धका कारण इन्धन आपूर्ति समस्या हुने भन्दै भीड लाग्न थालेपछि यस्तो अपिल जारी गरेको हो । नेपालमा खपत हुने इन्धन तथा एलपी ग्यास पनि भारतबाटै आयात हुन्छ ।
प्रतिक्रिया दिनुहोस्