
एजेन्सी । एसिया र यूरोप दुवै भूगोलमा फैलिएको देश टर्कीमा विगत ४० वर्षबाट हिंसात्मक आन्दोलन गरेर अलग देश बनाउन सक्रिय एक लडाकु समूहले हतियार बिसाएको छ ।
टर्कीको कुर्दिस समुदायको समूह पीकेकेले हतियार बिसाएको हो । समूहका नेता अब्दुल्लाह अकुलानले गत फेब्रुअरीमा हतियार बिसाउन जेलबाट आग्रह गरेसँगै समूहले हतियार बिसाउन लागेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार उक्त समूहलाई टर्की, अमेरिका तथा यूरोपेली संघले आतंककारी समूहको उपमा दिएका थिए ।
उक्त समूह टर्कीको २० प्रतिशत जनसंख्या भएको कुर्दिस समूहको थियो जसको हिंसात्मक आन्दोलनको कारणले ४० वर्षमा ४० हजारको ज्यान गएको बताइएको छ । आतंकमुक्त टर्की बनाउनको लागि कुर्दिस समूहले हतियार बिसाउनु महत्वपूर्ण भएको भन्दै टिप्पणी हुन थालेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्