सांसद बरालीको प्रश्न- ‘पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्दा सुशासन कता हरायो ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्मा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिनुले सरकारको सुशासनको दावीमा प्रश्न उठाएको बताए

‘सुशासनको ठेक्का लिएको सरकार छ । पक्राउ पुर्जी जारी भएका आफ्नै पार्टीका सांसद छन् । प्रहरी प्रशासन ती सांसदलाई फेला पार्दैन । तर, प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बसेको देखिन्छ । सुशासनको यो कुनचाहिँ नमुना हो ?,’ उनले भने ।

३०,बैशाख.२०८२,मंगलवार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्