कलाकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्न, जनकपुरको रेल किन नदेखेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको टिप्पणी गरेका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेपा : चलचित्र छायांकन स्टुडियो निर्माण आरम्च उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालमा अब रेल नयाँ कुरो होइन । जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ? हामीले अब जनकपुरको रेल ।’

प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको फोहरा छुटेको थियो ।

३०,बैशाख.२०८२,मंगलवार १५:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्