सांसद राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा लागेकी सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी छन् ।

उनी उपस्थित भएसँगै बुधबार थुनछेक बहस हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालतमा उनलाई पेश गरेको थियो । समय अभावका कारण थुनछेक बहस हुन सकेन । उनलाई फेरि प्रहरी हिरासतमै राखेर भोलि अदालत पेश गरिने भएको छ ।

काठमाडौंमा मुख्य सरकारी वकिल सहमहान्यायाधिवक्ता रामहरि काफ्लेले बताए ।

राईविरूद्ध पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनी स्वर्णलक्ष्मी सहकारीको उपाध्यक्ष थिइन् ।

३०,बैशाख.२०८२,मंगलवार १८:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्