नेपाली बजारमा सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

३१,बैशाख.२०८२,बुधबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्