आगलागीको क्षति बुझ्न मखनटोल पुगिन् सुनिता- अब ग्यास कम्पनी र डिलरमा पनि अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका वडा– २४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चार वटै घरको अनुगमन गरेकी छन् ।

आज विहान सुरुमा दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगलागीबाट क्षति भएको छ । ती क्षति भएका घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरबेटी दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग पनि कुराकानी गरेकी थिइन् ।

‘आगलागी भएको जानकारी पाएसँगै म मखनटोल पुगेर त्यहाँको अनुगमन गरेकी छु,’ डंगोलले भनिन्, ‘अहिलेसम्म ग्यास चुहिर आगलागी भएको भन्ने छ । आगलागीका घटनाहरु धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरुमा पनि अनुगमन गर्ने जानकारी दिइन् । आज आगलागीमा परी श्रेष्ठको चारतले घरमा पूर्णरुपमा क्षति भएको छ भने त्यहि घरमा एक महिलाको मृत्यु भएको छ ।

दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिए ।

३१,बैशाख.२०८२,बुधबार १३:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्