
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमणमा जाने तय भएको छ । चीनको सरकारी निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारीको साताव्यापी भ्रमण हुन लागेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतका अनुसार जेठ १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछिन् ।
एक साता लामो भ्रमणको क्रममा चिनियाँ सरकारी र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरू भेटवार्ता हुने बताइएको छ ।यो भ्रमणमा एमालेका नेताहरू पनि सामेल हुने बुझिएको छ ।
गतवर्ष पनि भण्डारी चिन भ्रमणमा जाने तयारी भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो। नेपाली राजनीतिक तरलताकाबीच भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
चीन नेपालमा कम्युनिष्ट एकताको पक्षमा छन्। दुई पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन्।
भण्डारी आगामी महाधिवेशनबाट एमालेको नेतृत्वमा आए अलग भएका कम्युनिष्ट पार्टीहरु जोड्ने माध्यम बन्ने राजनीतिक वृत्तमा चर्चा छ।
प्रतिक्रिया दिनुहोस्