
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सशस्त्र प्रहरी टोली उक्त स्थानमा परिचालित भएको उनको भनाइ छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानीको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमताल रहेको आशङ्का गरिएको छ ।
आशङ्का गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्