सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता किशोरको शव निकाल्यो

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउँसो करीव १५ फिट गहिराइबाट निकालेको हो ।

उनको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

५,जेष्ठ.२०८२,सोमबार १४:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्