
काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए ।
‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने, यो प्रतिवेदनको विषयमा मेहनत भएको छ,’ सांसद बास्कोटाले भने, ‘तर त्यसको केही चिजहरूमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन ।’
विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउँदै उनले छानबिन हुनुपर्ने बताए ।
‘यो विषयमा छानबिन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नु भएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात् यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्