मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल परासी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सुनवलबाट परासीतर्फ आउँदै गरेको लु१८प२९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई मंगलबार राति ठक्कर दिँदा रामग्राम नगरपालिका-१ का ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

साइकललाई ठक्कर दिने क्रममा मोटरसाइकल चालक सुनवल नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २६ वर्षीय अमृत भुजेल घाइते भएका छन् ।

सापकोटाको टाउको र नाकमा चोट लागेको र उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने सामान्य उपचारपछि भुजेलको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

७,जेष्ठ.२०८२,बुधबार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्