पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन, योगेश भट्टराई पनि जेल जाने संकेत ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।

करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘प्रतिवेदनमा भएका विषयवस्तु हेर्दा १५ वटा मुलभूत प्रश्नहरू अघि सारेको देखिन्छ । यी प्रश्नहरूलाई निर्णयकै रुपमा समावेश गरेर हामीले अख्तियार पठाउने निर्णय गरेका छौं ।

लेखा समितिमा निर्णय हुनुअघि सांसदहरूले प्रतिवेदनलाई ग्रहण गर्ने तरिका, लेखा समितिको नेतृत्व र अरु कार्यशैलीका बारेमा पटकपटक विवाद र नोकझोक भएको थियो । पोखरा विमानस्थाल निर्माणको विषयमा छानविन हुदाँ एमालेका सांसद तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई समेत छानविनको दायारमा पर्ने देखिएको छ ।

७,जेष्ठ.२०८२,बुधबार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्