केटाले खादाँ “बाँ” उघाँर हाल्छन, आन्दोलनमा “मह” काड्ने केटाको चलाखी, राईले उखेले “रिमोड”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माया गरेर केटा संम्बोधन गरिने उनकै मन्त्रीपरिषद्का खानेपानी मन्त्री प्रदिप यादवको भ्रष्टाचार र अनियमितताले सिमा नाग्दा समेत प्रधानमन्त्री ओली रमिते देखिनु आश्चार्यको विषय भएको छ ।

मन्त्री प्रदिप यादवले मन्त्रीपरिषदको निर्देशिकालाई मन्त्रीस्तरीय निर्णयबाट खारेज गरेर नयाँ निर्देशिका जारि गरेका छन । मन्त्रीपरिषद्को निर्णय तथा निर्देशनहरु मन्त्रीपरिषद्बाटै खारेज हुने प्राबधान छ । तर, खानेपानी मन्त्री यादवले मन्त्रीस्तरबाटै खारेज गरिदिएका छन ।

उनले यसरी निर्देशिका खारेज गर्न मन्त्रालयका उपसचिव मुना राउतको सहयोग लिएका छन । उपसचिव राजाराम दाहाललाई सरुवा गराएर राउतलाई मन्त्रालयमा ल्याएर उनले उक्त निर्देशिका जारि गरेका हुन ।

“नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१।०१।१७ निर्णयबाट प्राप्त अधिकार प्रयोग गरि देहायका मापदण्ड बनाईएको उल्लेख गरिएको छ ।”
मन्त्रीपरिषद्को हवला दिईएको ८ पाने निर्देशिका जारि गरेपछि खानेपानी मन्त्रालयले खानेपानी संस्थानको अध्यक्षको विज्ञापन खोलेको छ । मन्त्रीले खानेपानी संस्थानको अध्यक्ष र सदस्य पदको लिलामि निकालेका हुन भन्दा अर्को अर्थ लाग्दैन । मन्त्री यादवसँग खानेपानी संस्थानको सदस्य र अध्यक्षको लागि विन्तीपत्र लिएर जानेहरुसँग अध्यक्षका लागि ३० लाख र सदस्यका लागि ८ लाख प्रस्ताव गरेको कुरा भुक्तभोगीहरुले बताएका छन ।

खानेपानी मन्त्रालय मातहतमा तल्लो तहसम्म पुगेर आफै मोलमोलाई गर्ने मन्त्री यादवको मनोबल निक्कै उच्च रहेको छ । उनी आफै मलाई प्रधानमन्त्रीले केटा भनेर माया गर्ने गरेको कुरा मातहतका कर्मचारीहरुलाई बताउने गर्दछन । लाग्छ, उनी प्रधानमन्त्रीकै कान्छो छोरो जसरी उठ्तीपुठ्ती र सुरा सुन्दरीमा बेलगाम छाडा भएर कुकर्म गरिरहेका छन । प्रधानमन्त्री ओलीलाई उनको सबै कुकर्म जानकारी भएर पनि अन्जान जस्तै देखिएका छन ।
उनी देश दौडाहामा जादाँ आफै जाने जहाजको टिकट अमुक व्यक्तिका लागि काट्ट लगाउँ छन । टिकट काट्नेलाई को जार्दै छ भन्ने थाहा हुर्दैन । गन्तव्यमा पुगेपछि भिआईपीलाई गाडि लिन आइपुग्छ । उनी गाडि चढ्छन । अमुक(महिला)लाई फोन गरेर बोलाउँछन र गाडि रोक्न लगाउँछन । उनी आईपुग्छीन । गाडिमा विराजमान हुन्छीन । होटलमा पुग्छन । सबैलाई होटलमा कोठा बुक गरिसकिएको हुन्छ । आयोजकलाई थप अर्को व्यक्तिलाई कोठा व्यवस्थापनमा समस्या हुन्छ । मन्त्रीसँग खाँस खुस कुरा आयोजकले गरेपछि अर्को भिआईपिको नजीकै अर्को कोठाको प्रबन्ध मिलाइन्छ ।

भोलीपल्ट सबै काममा जुट्छन । उनी पनि सगै हुन्छीन । हेलिकप्टरमा पनि उनी आउँ जाउँ गर्ने मौका पाउछीन । आयोजकहरु एक आपसमा खाँस खुस गरिरहेका हुन्छन । मन्त्रीका अगाडि कसैको पनि बोल्ने हिम्मत हुर्दैन । प्रायः मन्त्री यसरी हरेक काठमाडौं बाहिरका कार्यक्रममा जादाँ एक जना नयाँ महिला लिएर जाने गरेको सरोकारवालाहरुको गुनासो रहेको छ । एउटा कार्यक्रममा गएको व्यक्ति अर्कोमा प्रायः देखिदैन ।

यसरी मन्त्रीको भ्रमणमा महिला लिएर जादाँ सहजताका लागि खानेपानी सचिव पनि जाने भएका कारण उनी मन्त्रीको सहजकर्ता भएको सरोकारवालाहरुको अनुमान रहेको छ ।
खानेपानी मन्त्री यादवको ग्रिन सिंगलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिइओ अशोककुमार पौडेलको राजिनामा माग गर्दै आन्दोलन भइरहेको छ ।
आन्दोलनकारीहरु वीचमै हिजो मुक्का हाना हान भएको छ । मन्त्री यादव यहि आन्दोलन भित्रबाट मह काड्न खोजिरहेका छन । उनले सिइओ पौडेललाई दिउँसो र आन्दोलनकारीहरुलाई विहान बेलुका भेटेर उकास्ने काम गरिरहेका छन ।

यहि आन्दोलनका वीचमा हिजो केयुकेएलका प्रकाशकुमार राईले उकासेका कर्मचारीले सिइओको कार्यकक्ष अगाडि राखिएको ढोकाको रिमोड निकालेर फ्याकेका छन । राईले हाजिरी मिसिन पनि निकालेर फ्याक्ने आदेश दिएको तर, अनुकुल नभएका कारण उक्त काम गर्न नसकेको एक कर्मचारीले बताएका छन ।

राईलाई कारवाहि गर्न सिइओ पौडेलले केयुकेएल संचालन समितिसँग हारगुहार गरेको पनि बुझिएको छ । राईलाई कारवाहि गर्न सकेमा आन्दोलन आफै सिथिल हुने बुझाई सिइओ पौडेलको रहेको खानेपानी मन्त्री निकट स्रोतले बताएको छ ।




७,जेष्ठ.२०८२,बुधबार २१:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्