
एजेन्सी । शुक्रबार बिहानै इजरायलले इरानमा आक्रमण गर्यो । इजरायली सैन्य तथा आणविक केन्द्र र आणविक वैज्ञानिक तथा सैन्य नेतृत्व लक्षित गरेर आक्रमण गरिएको विश्व मिडियाले उल्लेख गरेका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इजरायली आक्रमणमा इरानका उच्चपदस्थ सैनिक र आणविक विज्ञहरूको मृत्यु भएको पुष्टि भएको छ । यस घटनाले क्षेत्रीय तनावलाई चरम सीमातर्फ धकेलेको बताइएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार, मृत्यु हुनेमा इरानको सैनिक र आणविक कार्यक्रमका रणनीतिक अनुहारहरु रहेका छन् ।
यी हुन् इजरायली कारबाहीमा ज्यान गुमाउने पुष्टि भएका शीर्ष इरानी अनुहारहरु:
१. हुसैन सलामी– इस्लामिक रिभोलुशनरी गार्ड्सका प्रमुख
२. गोलामअली राशिद– खातम अल (अनबिया केन्द्रीय कमान्ड मुख्यालयका)
३. फरेयदुन अब्बासी– इरानको अणु उर्जा संस्थाका पूर्व प्रमुख तथा आणविक वैज्ञानि
४. मोहम्मद महदी तेहरान्ची– आणविक हतियार कार्यक्रममा संलग्न अर्का वरिष्ठ वैज्ञानिक
५. मोहम्मद बाघेरी– इरानी सशस्त्र सेनाका प्रमुख
यसैबीच विश्व मिडियाले इरानले सयौं ड्रोन हमला इजरायलतर्फ गरेको तर जोर्डन, सिरियाकै आकासबाट खसालिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्