सरकारले काठमाडौंको बबर महल र मीनभवनमा आकाशे पुल निर्माण गर्ने

काठमाडौं । सरकारले काठमाडौंको बबर महल र मीनभवनमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको हो ।

मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत योजना राख्दै बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै अरनिको राजमार्गको मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याएको हो ।

आकाशे पुल नहुँदा अहिले दुवै ठाउँमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ । तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ ।

३०,जेष्ठ.२०८२,शुक्रबार १७:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्