
एजेन्सी । इरानले इजरायलमा गरेको नयाँ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
इजरायली सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेअनुसार इरानले हाइफा र तेल अभिभ शहरहरूसहित इजरायलभरि लक्षित क्षेप्यास्त्र प्रहार गरेको छ ।
इजरायली सेनाले इरानभरि नागरिक र ऊर्जा पूर्वाधारमा बमबारी गरेपछि तेहरानको शाहरान तेल कारखानामा आगो लागेको थियो।
इजरायली सेनाले ‘इरानी शासनको आणविक हतियार परियोजनासँग सम्बन्धित’ स्थलहरूलाई लक्षित गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्